आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा चिनियाँ सेना परिचालन हुन्छ ? संसदमा उठ्यो गम्भीर सवाल !

नेपालमा चिनियाँ सेना परिचालन हुन्छ ? संसदमा उठ्यो गम्भीर सवाल !

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 5.5K
    SHARES

  • नेपालमा चिनियाँ सेना परिचालन हुन्छ ? संसदमा उठ्यो गम्भीर सवाल !

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकार असफल भइरहेको बेला स्वास्थ्य आपतकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयले निर्णय गर्‍यो ।

    मन्त्रालयले सिफारिस गरेपनि स्वास्थ्य आपतकालबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकबाट हुनु बाँकी नै छ । यस्तै बेला प्रतिनिधिसभा बैठकमा गम्भीर सवाल उठेको छ ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले चीनबाट स्वास्थ्य सामग्री र चिकित्सकसँगै चिनियाँ जनमुक्ति सेना ल्याउन लागिएको हो कि भन्ने प्रश्न गरेका छन् । चीनमा कोरोना भाइरस संक्रमण रोकथामका लागि चिनियाँ सेनाले काम गरेको चर्चा चलेको थियो ।

    कोरोना रोकथामका नाममा चिनियाँ सेना नेपाल देशभर खटाउने काम भए नेपाल रणभूमि हुने भन्दै सांसदले त्यसबारे ख्याल गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराएका छन् ।

    ‘अहिले सरकारका बारेमा एउटा कुरा उठेको छ, हेल्थ इमर्जेन्सीमार्फत चीनबाट डाक्टरको टीम ल्याउने, त्योभित्र पीएलएसहित तल (तराई) पठाउने कोभिड नियन्त्रणका लागि । यदि स्थानीय तहले माग गर्दैन भने स्थानीय तहमा नपठाइयोस्,’ सांसद मुसलमानले भने, ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडेको छ, अब तराईका जिल्लामा पीएलएको सेना दौडियो भने हामी रणभूमिमा पर्नेछौं, मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ ।’

    संसद बैठकमा जवाफ दिँदै त्रिपाठीले चीनबाट सेना त के स्वास्थ्यकर्मी पनि नल्याइने स्पष्ट पारेका छन् । ‘हामीलाई हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकाले कहीँकतैबाट चिकित्सक ल्याउँदैनौं,’ उनले भने ।

    मन्त्री त्रिपाठीले भने, ‘त्यो स्पष्ट होस्, हाम्रै चिकित्साकर्मीहरू सक्षम छन्, अहिलेसम्म कोभिड–१९ विरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरू लडेका छन्, आफैं जोखिम मोलेर लडेका छन् । त्यसकारण कुनै पनि देशबाट चिकित्सक समेत ल्याउँदैनौं ।’

    अमेरिकी सहयोगको एमसीसी परियोजनामार्फत अमेरिकी सेना नेपाल प्रवेश गर्ने हल्ला समेत फैलाइने गरेको छ । त्यस्तै बेला संसद बैठकमा चिनियाँ सेना नेपाल आउनेबारे सवाल उठेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०७:३०:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend