काठमाडौं – कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना संक्रमण भएका चितवनका पुरुषको मंगलवार भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चितवनको भरतपुर नगरपालिका–११ का पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमवार परीक्षणबाट कोरोना पोजेटिभ देखिएका पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको बताए । गौतमका अनुसार मृतक ज्वरो, निमोनिया, सुगर र प्रेसरका बिरामी रहेका थिए ।
यससँगै नेपालमा कोरोना पोजेटिभ देखिएका १४ जनाको मृत्यु भएको जनाइएको छ । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।