आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डबीच टेलिफोनमै घमासान, खुमलटारमा आकस्मिक भेला, नेकपामा खैलाबैला

ओली–प्रचण्डबीच टेलिफोनमै घमासान, खुमलटारमा आकस्मिक भेला, नेकपामा खैलाबैला

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 82.5K
    SHARES

  • ओली–प्रचण्डबीच टेलिफोनमै घमासान, खुमलटारमा आकस्मिक भेला, नेकपामा खैलाबैला

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किंदै गएको विवाद उत्कर्षमा पुगेको छ । अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा आजका लागि बोलाइएको बैठक स्थगित भएपछि विवाद बढ्दै गएको हो ।

    नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सचिवालय बैठकअघि भएको टेलिफोन संवादको अप्रिय अन्त्य भएको छ । स्रोतका अनुसार पूर्वनिर्धारित सचिवालय बैठक स्थगित भएपछि नेकपाभित्र फेरि गुटगत बैठक सुरू भएका छन् ।

    ओलीले प्रचण्डलाई फोन गरेर एमसीसी पारित गर्ने भए मात्र सचिवालय बैठक बस्ने भनेपछि विवाद चुलिएको हो । स्रोतका अनुसार ओलीको कुरा सुनेर प्रचण्डले पहिल्यै निर्णय गरेर बैठक बस्नु र छलफल गर्नुको औचित्य नभएको जवाफ फर्काए, त्यसपछि सचिवालय बैठक स्थगित भयो ।

    सचिवालय बैठक स्थगित भएपछि प्रचण्ड निवास खुमलटारमा आकस्मिक बैठक बसेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेता प्रचण्ड निवास खुमलटारमा एमसीसीबारे नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।

    खुमलटार बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ सहभागी भएका स्रोतले जनाएको छ । ओलीले एमसीसीको पक्षमा निर्णय लिने भए मात्रै सचिवालय बैठक राख्ने अडान लिएपछि प्रचण्डले असहमति जनाउँदा टेलिफोन कुराकानी टुंगिएको जनाइएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले टेलिफोनमा प्रचण्डलाई ‘एमसीसी तपाईंहरूले ल्याएको हो, यसको व्यवस्थापन पनि तपाईंहरूले नै गर्नुपर्छ’ भनेर जवाफ दिएपछि प्रचण्डले खुमलटारमा छुट्टै बैठक गरिरहेका छन् । प्रधानमन्त्री ओली जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड लगायत अधिकांश सचिवालय सदस्य एमसीसी यथास्थितिमा पारित हुन नसक्ने र परिमार्जन हुनुपर्ने पक्षमा छन् ।

    गत माघ महिनामा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसी अध्ययन गरेर प्रतिवेदन बुझाउन ३ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले लामो प्रतिवेदन पार्टीलाई बुझाएको छ । प्रतिवेदनबारे पनि नेकपामा छलफल भएर निष्कर्ष निस्किएको छैन ।

    अध्ययन समितिका संयोजक झलनाथ खनाल र अर्का सदस्य भीम रावल एकातर्फ छन् भने अर्का सदस्य प्रदीप ज्ञवालीले प्रतिवेदनमा फरक मत राखेका छन् ।

    नेकपाको उच्च राजनीतिक नेतृत्व ओली र प्रचण्डबीच नै घमासान भएपछि अब नेकपाको विवाद झन् चर्किंदै जाने विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०४:५८:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend