आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारले विदेशमा रहेका नागरिक फर्काउन सकेन, योजना नै अलपत्र

कम्युनिस्ट सरकारले विदेशमा रहेका नागरिक फर्काउन सकेन, योजना नै अलपत्र

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 5.5K
    SHARES

  • कम्युनिस्ट सरकारले विदेशमा रहेका नागरिक फर्काउन सकेन, योजना नै अलपत्र


    काठमाडौं– विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन।

    कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले तत्काल २४ हजार १ सय ४८ जनालाई ३१ फरक९फरक उडानबाट नेपाल ल्याउनु पर्नेछ। नेपाल फर्कन चाहेनको संख्या ५६ हजार ९३ छ। पहिलो चरणमा ३१ उडानबाट ल्याउने भनिए पनि उडान कसरी र कसको रायमा गर्ने भन्ने अन्यौल छ। पहिलो चरणमा प्रत्येक दिन पाँचदेखि सात उडानमा उनीहरूलाई ल्याउने र दोस्रो चरणमा नियोगहरूको प्राथमिकताको आधारमा निर्धारण गर्ने भनिएको छ।

    कुवेतले बिना भिसालाई आफैं नेपाल फर्काउने भने पनि सरकारले त्यसमा समन्वय गर्न नसक्दा समस्या उत्पन्न भएको दूतावास स्रोतले बतायो। त्यस्तै युएईबाट ल्याउने विषयमा भाडाको कुरा मिलिरहेको छैन। यसको कारण कमिसन रहेको बताइएको छ। कुवेतले सरकारले चार्टर गरेर पठाउने उडानको ग्राउण्ड ह्याण्डलिङ खर्चदेखि यहाँको समन्वयको विषयमा अलमलमा परेका हुन्। रोजगारदाता कम्पनीले खर्च गरेर कामदार पठाउने हुनाले सरकारले भनेको र तोकेको भाडा भन्दा फरक पर्ने भएपछि त्यसमा पनि सरकारी संयन्त्रले अलमल गराएको धारणा परराष्ट्र अधिकारीले बताए।

    परराष्ट्रले डाटा संकलनको काम गर्छ भने त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्छ। तर ल्याउने काम सिधा प्रधानमन्त्री कार्यालयको समन्वयमा नागरिक उड्यान मन्त्रालयले गर्ने हुनाले यसमा केही समस्या देखिएको हुनसक्ने ति अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले लेखेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०४:२१:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend