सप्तरी– महादेवा गाउँपालिका–४ की एक ३५ वर्षीया महिलामाथि आइतबार बोक्सी आरोप लगाउँदै छिमेकीहरूले कुटपिट गरेको पीडित पक्षले बताएको छ।
पीडितका श्रीमानले छिमेकी आमाछोराले कुटपिट गर्दा निधारमा चोट लागेको बताए। 'घरको चुह्लो पनि भत्काइदिए,' उनले भने, 'उनीहरूले यसअघि पनि दुई(तीनपटक बोक्सी आरोप लगाएर कुटपिट गरिसकेका छन्।'
घटनाबारे स्थानीय दिमन चौकीमा उजुरी दर्ता भएको छैन। उजुरी गर्न जाँदा स्थानीय प्रहरीले लिन नमानेको र जिल्ला प्रहरी कार्यालय जानू भनेको पीडितका श्रीमानले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।