काठमाडौं – सोमबार मध्यराति रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार मैनहवामा ५ जनाको विभत्स हत्या भएको दुःखद खबर आएको छ ।
मैनहवामा कुखुरा फार्ममा काम गर्ने ५ जनाको हत्या भएको र फर्ममा कार्यरत १ जना अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।
फरार रहेको सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले खोजी गरिरहेको छ । मृत्यु हुनेहरूमध्ये १ जना महिला र ४ जना पुरुष रहेका छन् ।
मध्यराति भएको हत्याकाण्डमा सिंजालीको हात हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानसँगै फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।