आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारी ढिलासुस्तीले नेपाली जनता दिक्क !

सरकारी ढिलासुस्तीले नेपाली जनता दिक्क !

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 5.9K
    SHARES

  • सरकारी ढिलासुस्तीले नेपाली जनता दिक्क !

    काठमाडौं – देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमूना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् ।

    कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटी–पीसीआर विधिको प्रयोग हुँदै आएको छ ।

    स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

    संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमूना दिएपनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी समन्वय नगर्दा परीक्षण गरिएका नतिजाको रिपोर्ट पाउन नसकेको उनीहरूको गुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९७१ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

    परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ । कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता लिइएको हो । नतिजा के आयो, जानकारी पाउन सकेको छैन ।’

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जनशक्ति अभावमा परीक्षणको गति सुस्त भएको बताइन् । उनले भनिन्, ‘थोरै जनशक्तिले काम गर्नुपर्ने बाध्यता भएकाले संकलन भएका स्वाबहरू होल्ड भएका हुन् ।’ उनले परीक्षणको दायरा बढाउन आरएनए एक्स्ट्रयाक्सन अटोमेटिक मेसिनको संख्या थप गर्नुपर्ने बताइन् । आजको राजधानी दैनिकमा समाचार छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १ हजार ५०० जनासम्मको परीक्षण नतिजा होल्ड हुने गरेको छ । सो प्रयोगशालामा दैनिक १ हजार ५०० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।

    नेपालमा सोमवार ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

    नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । संक्रमित मध्ये १४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०२:१५:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend