आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जिद्दी : कसैले भनेर आरडीटी परीक्षण रोकिँदैन !

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जिद्दी : कसैले भनेर आरडीटी परीक्षण रोकिँदैन !

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 8.5K
    SHARES

  • स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जिद्दी : कसैले भनेर आरडीटी परीक्षण रोकिँदैन !

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला आरडीटी नेगेटिभ आएर घर पठाइएका व्यक्तिको कोरोना भाइरस संक्रमणले मृत्यु भएर आरडीटी परीक्षण रोक्न दबाब सिर्जना भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आरडीटी परीक्षण नरोक्ने जिद्दी गरेका छन् ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरूले राखेका प्रश्नको उत्तर दिँदै मन्त्री ढकालले कोरोना परीक्षणका लागि आरडीटीलाई विश्व स्वास्थ्य संगठनले रोक नलगाएको तर्क गरे ।

    कुनै व्यक्ति कोरोना संक्रमित भएको भए उसको शरीरमा भाइरससँग लड्न सक्ने एन्टीबडी प्राप्त भए/नभएको अध्ययन गर्नका लागि सरकारले आरडीटी परीक्षणलाई पनि निरन्तरता दिएको मन्त्री ढकालले स्पष्टीकरण दिएका छन् ।

    ‘विश्व स्वास्थ्य संगठनले अध्ययन अनुसन्धानको निम्ति यसलाई प्रतिबन्ध लगाएको छैन । संक्रमितको शरीरमा त्यो रोगसँग लड्ने एन्टीबडी प्राप्त भएको छ कि छैन भन्ने अध्ययनका निम्ति हामीले आरडीटीको प्रयोग गरेका छौं,’ उनले भने ।

    कसैले भन्दैमा सरकारले आरडीटीबाट परीक्षण गर्न नछोड्ने मन्त्री ढकालको आशय थियो । विभिन्न अनुसन्धानले समेत आरडीटी विश्वसनीय नभएको देखाइरहेका बेला मन्त्रालय भने ती प्रतिवेदन लुकाएर कमिसनको चक्करमा आरडीटी किट किनेर राज्यकोषको दुरुपयोगमा लागेको भन्दै आलोचना भइरहेको छ । तर सरकारलाई आरडीटी नै प्यारो लागेको छ ।

    बैठकमा मन्त्री ढकालले कोरोना नियन्त्रणमा सरकारले १० अर्बभन्दा बढी रकम खर्च गरिसकेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०४:११:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend