काठमाडौं – सितोरियो कराँते जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल डोजोलाई जापानमा बस्ने कराँते खेलाडीहरूले १ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
हाल जापानमा बस्दै आएका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू राजपाल कर्माचार्य, सुनिता महर्जन श्रेष्ठ (सुष्मा), सिहान पशुपति मुल्मी, सिहान रुपेश डंगोल, शम्भु केसी, किरण डंगोल, डा. बलराम श्रेष्ठ र सन्तोष श्रेष्ठले डोजोलाई रकम उपलब्ध गराएका हुन् ।
कोरोनाको महामारीको कारण लकडाउन भएको समयमा राहत वितरण र निःशुल्क खाना खुवाउने निकै सराहनीय कार्य भएको कारण सहयोग गरेको पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुनिता महर्जन श्रेष्ठ (सुष्मा) ले बताइन् ।
राखेपका पूर्व कोषाध्यक्ष, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संरक्षक मीनकृष्ण महर्जनले मुलुक लकडाउन भएको कारण दैनिक ज्याला मजदुर गरी खाने र लकडाउनका कारण भक्तजनहरू मन्दिर दर्शन गर्न नआउने भएको मन्दिर वरिपरि मागेर गुजारा गर्नेहरूको सहयोगी हातहरूलाई भगवानको आशिर्वाद लाग्ने बताएका छन् ।
लकडाउनको समयमा शुरूआती दिनहरूमा ४६ दिनसम्म करीब २०० जनाभन्दा बढी व्यक्तिलाई दिनहुँ खाना खुवाउने कार्य गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।