काठमाडौं – देशका विभिन्न क्षेत्रमा क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको कोरोना भाइरस संक्रमण जाँच नहुँदै मृत्यु हुने गरेको घटनाले फेरि निरन्तरता पाएको छ ।
पाल्पा जिल्लाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक व्यक्तिको कोरोना जाँच नहुँदै मृत्यु भएको छ ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना रोकथाम र उपचारमा अर्बाैं रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्ने गरेपनि नेपाली जनताले कोरोना जाँच नहुँदै मर्नुपर्ने अवस्था रहेको छ ।
गुल्मीको मालिका गाउँपालिका–३ घर भएका ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. शाक्यले बताएका छन् ।
श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आईतवार अस्पताल आएका उनको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । ती व्यक्तिमा कोरोना संक्रमण भए/नभएको भनेर पीसीआर रिपोर्ट आउन बाँकी रहेको डा. शाक्यले बताएका छन् ।
यसअघि सुर्खेत, डोल्पा, कैलाली लगायत जिल्लामा कोरोना जाँच नहुँदै सर्वसाधारणको मृत्यु भएको थियो । राजनीतिक पहुँचका आधारमा नेता र सांसदले भने कुनै लक्षण नहुँदै पनि पीसीआर परीक्षण गर्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।