काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला जागिरबाट ‘आउट’ भएपछि सोमबार बिहान शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामको बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ ।
अस्पताल परिसरमै आफ्नो जिउमा आगो लगाएर आत्मदाह प्रयास गरेका २७ वर्षीय युवक सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिए पनि उनको मृत्यु भयो ।
अछामकै साफेबगर नगरपालिका–६ घर भएका उनको दिउँसो ३ बजेतिर मृत्यु भएको वडाध्यक्ष प्रेमराज शर्माले बताएका छन् । अस्पतालको जागिरबाट निकालिएको सूचना पाएका आउजीले बिहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।
साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरले आउजीसहित ३३ जनालाई केही दिनअघि ३ महिनाको समय दिएर सेवामुक्त गर्नको लागि सूचना जारी गरिएको थियो । जागिरबाट हटाएपछि उनले आत्मदाहको प्रयास गरेको हुन सक्ने उनले बताए ।
आउजीको परिवारमा श्रीमतीसहित छोरा र छोरी रहेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र टेलिभिजनमा ठूल्ठूला कुरा गर्ने भएपनि गरीबीका कारण शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्नुपर्ने अवस्था छरप्रस्ट भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।