आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमै बन्ने भयो कोरोनाको अर्को औषधी, जेठी मधुको परिक्षण गरिदै

नेपालमै बन्ने भयो कोरोनाको अर्को औषधी, जेठी मधुको परिक्षण गरिदै

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 11.0K
    SHARES

  • नेपालमै बन्ने भयो कोरोनाको अर्को औषधी, जेठी मधुको परिक्षण  गरिदै

    काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा जडिबुटीको परिक्षण गर्ने भएको छ। कोरोना संक्रमितको उपचारमा परिषद्ले औषधिको रुपमा जेठी मधुको परीक्षण गर्ने भएको हो। दम, खोकी, तथा पेटका रोग निको पार्न विभिन्न औषधिमा जेठी मधुको प्रयोग हुने गरेको छ।

    ‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदले जनाएको छ।

    यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ। अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिनेछ।

    यो अनुसन्धानलाई परिषदको एथिकल कमिटीले स्वीकृति दिने अन्तिम चरणमा छ। परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया कोरोना संक्रमितलाई खुवाउने तयारी भएको बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०४:३३:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend