आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन खुकुलो पार्ने विषयले बालुवाटारमा तनाव, मध्यरातिसम्म रस्साकस्सी !

लकडाउन खुकुलो पार्ने विषयले बालुवाटारमा तनाव, मध्यरातिसम्म रस्साकस्सी !

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 9.9K
    SHARES

  • लकडाउन खुकुलो पार्ने विषयले बालुवाटारमा तनाव, मध्यरातिसम्म रस्साकस्सी !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको लकडाउनविरुद्ध नागरिक र व्यवसायी सडकमा उत्रिएका बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो पार्ने मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको छ । तर समितिले उपयुक्त निर्णय लिन सकिरहेको छैन ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आईतबार मध्यरातिसम्म लकडाउनको मोडालिटीबारे छलफल हुँदा तनाव भयो । ईश्वर पोखरेल नेतृत्वको समितिले तयार पारेको खाकामा बालुवाटारको सहमति नभएपछि मोडालिटी पारित हुन सकेन ।

    बालुवाटारका प्रतिनिधि सम्मिलित बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेपछि समिति अनिर्णित बनेको छ । विगत केही दिनदेखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसँगको छलफलपछि तयार पारिएको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

    प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरेर पुनः अर्को बैठकमा पेश गर्ने निर्णय भएको बताएका छन् ।

    ‘तयार भइरहेको कार्ययोजनाको मस्यौदामा आज पनि घनिभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरी आजको बैठक सम्पन्न भएको छ । विभिन्न चरणबाट सुझावहरू र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरि मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुनः पेश गर्ने गरी बैठक सम्पन्न भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०३:१२:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend