काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा दिनदिनै बढ्दै गइरहेको छ ।
आईतबार बिहानै थप १ जनाको मृत्यु भएको दुःखद खबर आएको छ ।
गण्डकी प्रदेशको स्याङ्जा जिल्ला वालिङ नगरपालिका स्थायी घर भएका संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
मृतकलाई आईतबार कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना गरिएको केही घण्टामै संक्रमितको मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।
यसअघि नेपालमा कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।