आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्व सभामुख कृष्णबहादुर महरा रोल्पा पुगेर खेतमा हलो जोत्दै !

पूर्व सभामुख कृष्णबहादुर महरा रोल्पा पुगेर खेतमा हलो जोत्दै !

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 19.7K
    SHARES

  • पूर्व सभामुख कृष्णबहादुर महरा रोल्पा पुगेर खेतमा हलो जोत्दै !

    काठमाडौं – प्रतिनिधिसभा सभामुखबाट राजीनामा दिएपछि राजनीतिक गतिविधिमा खासै सक्रिय नदेखिएका पूर्व सभामुख कृष्णबहादुर महरा रोल्पाको खेतमा हलो जोगिरहेका भेटिएका छन् ।

    कोरोना भाइरस संक्रमणको महामारीसँगै सरकारले गरेको लकडाउनका बेला आफ्नो पुर्ख्याली घर रोल्पामा हलो जोतिरहेको अवस्थामा महराको तस्वीर सार्वजनिक भएको छ ।

    तत्कालीन नेकपा माओवादीभित्र राजनीतिक खेलाडीको रुपमा परिचित नेता महरा पछिल्लोपटक बलात्कार प्रयासको मुद्दामा फसेपछि विवादित बनेका थिए । भलै अदालतले महरालाई सफाइ दिइसकेको छ । तर महरा पार्टीको राजनीतिक पदमा पुनःस्थापित हुन सकेका छैनन् ।

    रोल्पा पुगेर महरा सामान्य व्यक्तिसरह जीवनयापन गर्न थालेका जनाइएको छ । महरा जेलबाट छुटेपछि दाङ र रोल्पाका गाउँगाउँ आफ्ना मतदाता र समर्थकलाई भेट्न पुगेका थिए ।

    राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपरेकाले आफ्नो खेतबारी जोत्ने मौका नमिलेको बताउँदै पूर्व सभामुख महराले लकडाउनका बेला खेतीपातीको कामका लागि परिवारका सबै सदस्य पुर्ख्यौली घर आएको बताए ।

    ‘जनताको मतबाट चुनिएर गएका व्यक्तिहरू जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जीवनशैली र हाम्रो जीवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ नेता महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो । तर हामी र जनताबीच फरक हुनु हुँदैन ।’

    सभामुख भएपछि पार्टीबाट राजीनामा दिएका महरा हाल नेकपाको कुनै पनि जिम्मेवारीमा छैनन् । बलात्कार प्रयास प्रकरणमा मुछिएपछि महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०२:१२:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend