आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा फेरि दिनदिनै देखिन थाल्यो कोरोना, रहन सकेन संक्रमणमुक्त !

चीनमा फेरि दिनदिनै देखिन थाल्यो कोरोना, रहन सकेन संक्रमणमुक्त !

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 6.1K
    SHARES

  • चीनमा फेरि दिनदिनै देखिन थाल्यो कोरोना, रहन सकेन संक्रमणमुक्त !

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट चीन संक्रमणमुक्त भएको दाबी गर्ने गरिए पनि फेरि संक्रमण देखिन थालेको छ ।

    चीनमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमित फेला परेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नेशनल हेल्थ अमिसनका अनुसार संक्रमितमध्ये ५ जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन । १ दिनअघि समेत चीनमा ३ जना कोरोना संक्रमित फेला परेका थिए ।

    पछिल्लो तथ्यांकअनुसार चीनमा हालसम्म ८४ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने हालसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ डिसेम्बर अन्तिम हप्ता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेपछि संसार फैलिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०२:०१:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend