आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डा. बाबुराम भट्टराईको वरीयता चौथोमा पुग्नु र ‘टिपेक्स’ लाग्नुको यस्तो भित्रि रहस्य !

डा. बाबुराम भट्टराईको वरीयता चौथोमा पुग्नु र ‘टिपेक्स’ लाग्नुको यस्तो भित्रि रहस्य !

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 10.1K
    SHARES

  • डा. बाबुराम भट्टराईको वरीयता चौथोमा पुग्नु र ‘टिपेक्स’ लाग्नुको यस्तो भित्रि रहस्य !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) आईतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता तल झरेको छ ।

    पार्टीमा ३ अध्यक्ष रहने सहमतिसँगै आईतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानूनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन ।

    आयोगमा बुझाएको दस्तावेज अनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने भएका छन् भने दोस्रो वरीयतामा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् । पार्टीभित्र यादव र ठाकुर दुवै कार्यकारी अध्यक्ष रहने सहमति भएको छ ।

    आईतबार वरीयता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. भट्टराईलाई दोस्रो वरीयताको अध्यक्ष बनाइएको थियो ।

    निर्वाचन आयोगमा पुग्दापुग्दै उनी एकैपटक चौथो नम्बरमा झरेका हुन् । उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल अर्थात् चौथो क्रमको वरिष्ठ नेता भनिएको छ । उनलाई संघीय परिषद्को अध्यक्ष भनिएको थियो ।

    तत्कालीन समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई भने चौथो वरीयतामा रहे पनि यो मिल्दै जाने प्रक्रियाअन्तर्गत रहेको जानकारी नेताहरूले दिएका छन् ।

    उनलाई संघीय अध्यक्ष बनाउने सहमति भने पार्टीभित्र कायमै छ । यसअघि उनलाई पहिलो वरीयतामा राखिएको थियो । तर दल दर्ताअघि भएको वरीयता विवादका कारण भट्टराईलाई चौथो वरीयतामा झारिएको एक सदस्यले जानकारी दिए ।

    शनिबार र आईतबार चलेकोे छलफलपछि पार्टी दर्ता गर्न निर्वाचन आयोग पठाइएको हो । कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा ठाकुर, भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो । निर्वाचन आयोगमा दर्ता गर्दा डा. भट्टराईलाई अशोक राईपछिको वरिष्ठ नेता बनाइएको जसपाका नेताहरूले बताए । अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम छ । उनलाई संसदीय दलको नेता पनि बनाउने सहमति भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    जसपाले आयोगमा बुझाएको निवेदनअनुसार पार्टीमा १ जना संघीय अध्यक्ष र २ जना कार्यकारी अध्यक्ष रहने सहमति भए पनि डकुमेन्टमा त्यस्तो देखिँदैन । पार्टीमा तीन अध्यक्षमध्ये पहिलो वरीयतामा महन्थ ठाकुर, दोस्रोमा भट्टराई र तेस्रोमा उपेन्द्र यादव रहेका थिए । चौथोमा राई रहेकामा दर्ता गर्ने क्रममा भने चौथो पूर्व प्रधानमन्त्री समेत रहिरसकेका डा. भट्टराई परेका हुन् ।

    एकतापछिको पहिलो काम सकिएको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए । ‘निर्वाचन आयोगमा दल दर्ता गरिहाल्नुपर्ने थियो त्यसैले अहिले यही सहमति भएको हो, अरू कुरा मिल्नेक्रम जारी छ,’ उनले भने, ‘हामीले लगातार छलफल गरिरहेका छौं, अब केही समयमै पार्टी एकीकरण टुंगिन्छ ।’

    राजपा र समाजवादी पार्टीले बैशाख १० गते मध्यरातमा एकता घोषणा गरेका थिए । घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिइसकेका थिए । जसपामा जम्मा ५३ जनाको कार्यसमिति हुने भएको छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य रहने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०१:५०:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend