आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले मर्नेको संख्या ४ लाखभन्दा बढी, संक्रमण झनझन् फैलिँदै

कोरोनाले मर्नेको संख्या ४ लाखभन्दा बढी, संक्रमण झनझन् फैलिँदै

  • मिडिया डबली
  • सोमवार, जेठ २६ २०७७

  • 4.1K
    SHARES

  • कोरोनाले मर्नेको संख्या ४ लाखभन्दा बढी, संक्रमण झनझन् फैलिँदै

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख बढी पुगेको छ ।

    पछिल्लो तथ्यांक अनुसार विश्वभर ४ लाख २४३ कोरोना संक्रमितको मृत्यु भएको छ भने ६९ लाख २३ हजार ८३६ जना संक्रमित रहेका छन् ।

    अमेरिकामा सबैभन्दा बढी १ लाख ९ हजार ८०२ कोरोना संक्रमितको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी संक्रमित देखिएका छन् ।

    संक्रमणका हिसाबले दोस्रो धेरै संक्रमित ब्राजिलमा ६ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । ब्राजिलमा आईतबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ९३० पुगेको जनाइएको छ ।

    रुसमा ४ लाख ६७ हजार ७३ र बेलायतमा २ लाख ८६ हजार व्यक्ति संक्रमित भएका छन् । बेलायतमा कोरोना संक्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ ।

    रुसमा संक्रमितको संख्या धेरै देखिए पनि मृत्युदर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ । त्यहाँ ५ हजार ८५१ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

    कोरोना संक्रमित व्यक्तिको संख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरु इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आईतवारसम्म २ लाख ४८ हजार ११४ व्यक्ति संक्रमित भेटिएका छन् भने करीब ६ हजार ९५४ व्यक्तिको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

    भारत कोरोना भाइरस प्रभावित मुलुकहरुको सूचीमा पाँचौं स्थानमा पुगेको छ । भारतले लकडाउन समेत खुकुलो पार्दै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २६ २०७७०१:४०:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend