आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थमन्त्री डा. युवराज खतिवडाको पद संकटमा ! ओली खेमाभित्रै घेराबन्दी

अर्थमन्त्री डा. युवराज खतिवडाको पद संकटमा ! ओली खेमाभित्रै घेराबन्दी

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 14.1K
    SHARES

  • अर्थमन्त्री डा. युवराज खतिवडाको पद संकटमा ! ओली खेमाभित्रै घेराबन्दी

    काठमाडौं – राजनीतिक पृष्ठभूमिबाट नआएका अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपाभित्रै अधिकांश सांसद रुचाउँदैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादले खतिवडा अर्थमन्त्री भएका हुन् ।

    यसपालि संसदमा अलोकप्रिय बजेट ल्याएपछि अर्थमन्त्री खतिवडा नेकपाभित्रको ओली खेमाभित्रै घेराबन्दीमा परेको संकेत सार्वजनिक भएको छ । ओली निकट समानुपातिक सांसद नवीना लामाले अर्थमन्त्री खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पारेको आरोप लगाएकी छन् ।

    आईतबारको प्रतिनिधिसभा बैठकमा सांसद लामाले शिक्षाबारे अर्थमन्त्री खतिवडाले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिएकी छन् । ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन,’ उनले भनिन् ।

    बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई दिने भन्ने प्रस्ताव गरिएको छ । सांसद लामाले मन्त्रीद्वय खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरको जिम्मा निजीलाई दिने योजनाका लागि संसदमा आत्मालोचनासहित माफी माग्नुपर्ने माग गरेकी छन् ।

    ओली खेमाकै सांसद अर्थमन्त्रीप्रति यति आक्रामक देखिएको पहिलो पटक हो । सांसद लामाले भनिन्, ‘त्यो नीति नेकपाको विचारधारा विपरीत छ । शिक्षा र अर्थमन्त्रीले संसदमा आत्मालोचनासहित माफी माग्नुपर्छ । नेकपाको समाजवादको शिक्षानीति यहीँ हो ?’

    नेपालको संविधानले समाजवाद स्थापना गर्ने भनेको र नेकपाको चुनावी घोषणापत्रले पनि त्यसै बाटोलाई रोजेकाले अर्थमन्त्री खतिवडाले ल्याएको बजेट दुवै कोणबाट च्युत भएको देखिएको सांसद लामाले बताइन् । ‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूलाई नियमन गर्ने एवं सेवामुखी बनाउने भनिरहेका बेला शिक्षाबारे बजेटले लिएको नीति सही छैन,’ उनले भनिन् ।

    नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले पनि अर्थमन्त्री डा. युवराज खतिवडाको विकल्प खोज्नुपर्ने माग राखेका छन् । उनले जनताबाट चुनिएको व्यक्तिलाई अर्थमन्त्री बनाउन नेकपालाई सुझाव दिए ।

    ‘अर्थमन्त्रीलाई बदलौं, जनताबाट चुनिएको व्यक्तिलाई अर्थमन्त्री बनाऔं । नेकपामा अर्थमन्त्री चलाउन जनताबाट चुनिएका सक्षम मान्छे छन् । नत्र अर्को वर्ष फेरि सेन्ट (पर्फ्युम) मा भन्सार छूट हुन्छ र औषधिमा भन्सार लगाइदिन्छन्,’ आईतबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले भने, ‘यो अर्थमन्त्रीका कारणले सिटामोल खान नपाएर मान्छे मर्ने अवस्था आउन दिनुहुन्न ।’

    सरकारको बजेट प्रधानमन्त्री केपी शर्मा ओलीको विद्यावारिधिको डिग्री जस्तै नक्कली भएको टिप्पणी समेत उनले गरे । सांसद सिंहले राष्ट्रपतिको नाममा शिक्षामा राखिएको कार्यक्रम रद्द गरेर राष्ट्रपतिलाई महारानी बन्नबाट जोगाउन माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०१:१८:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend