आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली राजनीतिमा अर्काे आश्चर्य : पूर्व प्रधानमन्त्री डा. बाबुरामभन्दा सांसद अगाडि !

नेपाली राजनीतिमा अर्काे आश्चर्य : पूर्व प्रधानमन्त्री डा. बाबुरामभन्दा सांसद अगाडि !

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 68.5K
    SHARES

  • नेपाली राजनीतिमा अर्काे आश्चर्य : पूर्व प्रधानमन्त्री डा. बाबुरामभन्दा सांसद अगाडि !

    काठमाडौं – नेपाली राजनीतिमा अनेकौ आश्चर्य हुँदै आएका छन् । मध्यराति उथलपुथल हुनेदेखि एकै पार्टीमा २–३ अध्यक्ष हुने अभ्यास सुरू हुँदा आश्चर्य नै थियो ।

    नेपाली राजनीतिमा आज आईतबार अर्काे आश्चर्य भएको छ । कुनै बेला प्रधानमन्त्री र प्रभावशाली पार्टी माओवादीका उपाध्यक्ष रहिसकेका डा. बाबुराम भट्टराई अहिले मर्यादाक्रममा सांसदको तल बस्नुपर्ने अवस्थामा पुगेका छन् ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) मा डा. बाबुराम भट्टराईले पहिलो नम्बरको मर्यादाक्रम पाएनन् । जसपामा पूर्व प्रधानमन्त्रीको हैसियत प्राप्त नेता कोही नभएपनि डा. भट्टराईले पहिलो नम्बरको मर्यादा पाएनन् ।

    पार्टीमा एकीकरण टुंगो लगाउँदै ५ पदाधिकारी रहने र जसमा ३ जना अध्यक्ष रहने भएका छन् । पार्टीको पहिलो नम्बरको अध्यक्षमा महन्थ ठाकुरको नाम छ भने दोस्रो र तेस्रो नम्बरको मर्यादा उपेन्द्र यादव र डा. डा. बाबुराम भट्टराई आपसमा मिलाउने सहमति भएको स्रोतले जनाएको छ ।

    संसदमा उपेन्द्र यादवको पक्षमा धेरै सांसद रहेका र बाबुराम एक्लै सांसद भएकाले बाबुराम तेस्रो नम्बरको अध्यक्ष हुनुपर्ने अवस्था समेत आउनसक्ने स्रोतको दाबी छ ।

    पार्टीमा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने जनाइएको छन् । अन्य नेताको नाम मात्रै समावेश गरेर निर्वाचन आयोगमा केन्द्रीय समितिको सूची बुझाउने तयारी भइरहेको जनाइएको छ ।

    बैशाख १० गते समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण गर्ने सहमति भएको थियो । सहमति अनुसार आयोगमा निवेदन दर्ता गर्न जाने तयारी भइरहेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले बताएका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने प्रावधान रहेको छ । ४५ दिन हिजो पुगेको भएपनि शनिबार परेकाले आजसम्म कागजात बुझाउने म्याद रहेको थियो ।

    ऐनमा दुई वा सोभन्दा बढी पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने प्रावधान रहेको छ ।

    निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरा समेत खुलाउनुपर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०९:५५:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend