काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोगको एमसीसी सम्झौताले घमासान मच्चिएपछि विस्तृत छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
सचिवालय बैठक सोमवार बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भोलि सोमबार ४ बजे बैठक बस्नेछ ।
यसअघिको अघिल्लो शनिवार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्वारा गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने बताइएको थियो ।
नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर चर्काे विवाद रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनालसहित नेताहरू यथास्थितिमै एमसीसीको विरोधमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि एमसीसी संसदबाट पारित गराउने पक्षमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।