काठमाडौं – नेपालमा लामो समयदेखि सार्वजनिक नभएको सुनको मूल्य एकैपल्ट तोलामा १० हजार ४०० रुपैयाँले बढेर आएको छ ।
कोरोना महामारीसँगै लकडाउन भएपछि चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको थिएन ।
आज आईतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४०० पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ कायम गरिएको थियो ।
चाँदीको मूल्य पनि ९२५ रुपैयाँ प्रतितोला तोकिएको महासंघले जनाएको छ । चाँदी पनि २०५ रुपैयाँ प्रतितोला महंगो भएको छ । जेठ १५ गते सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढेको छ ।
अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ १ लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।