आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारीका बेला ३७ स्वास्थ्यकर्मी निष्कासित, पुनर्बहाली माग्दा पक्राउ

कोरोना महामारीका बेला ३७ स्वास्थ्यकर्मी निष्कासित, पुनर्बहाली माग्दा पक्राउ

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 6.3K
    SHARES

  • कोरोना महामारीका बेला ३७ स्वास्थ्यकर्मी निष्कासित, पुनर्बहाली माग्दा पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला ठाउँठाउँमा दक्ष जनशक्तिको अभाव भइरहँदा प्रस्तावित चरिकोट अस्पतालका ३७ जना स्वास्थ्यकर्मीलाई निष्कासित गरियो ।

    एकैपटक ३७ जना स्वास्थ्यकर्मी हटाएको विरोधमा आन्दोलन गर्दै पुनर्बहाली मागिरहेका १३ जना स्वास्थ्यकर्मीलाई आईतबार पक्राउ गरिएको छ ।

    निष्कासित कर्मचारीको पुनर्वहाली, अस्पतालमा भएको अनियमितताको छानबिन लगायतका माग गर्दै आन्दोलनमा उत्रिएका अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

    अस्पतालका ३७ कर्मचारीलाई हटाउनु अन्याय भएको भन्दै व्यवस्थापनविरुद्ध कर्मचारीहरू आन्दोलित बनेका छन् । अस्पताल गेटमा ताला लगाएको भन्दै प्रहरीले स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

    कोरोना महामारीका बेला ३७ स्वास्थ्यकर्मी निष्कासित, पुनर्बहाली माग्दा पक्राउबजेट र अन्तर्राष्ट्रिय सहयोग रोकिएको भन्दै न्याय हेल्थ नामक एनजीओले सञ्चालन गरेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले (प्रस्तावित चरिकोट अस्पताल) गत साता ३७ जना कर्मचारी हटाउने निर्णय गरेको थियो ।

    कर्मचारीले अस्पतालका फजुल खर्च रोक्नुपर्नेमा आफूहरूलाई अन्यायपूर्वक हटाएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । पक्राउ परेका कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०९:१७:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend