आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमा गर्जिए भीम रावल : यस्तो बजेट ल्याउनु बिडम्बना !

संसदमा गर्जिए भीम रावल : यस्तो बजेट ल्याउनु बिडम्बना !

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 5.0K
    SHARES

  • संसदमा गर्जिए भीम रावल : यस्तो बजेट ल्याउनु बिडम्बना !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद भीम रावल नै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको बजेटविरुद्ध गर्जिएका छन् ।

    आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले राष्ट्रिय सुरक्षा प्रणालीको विकास तथा राष्ट्रिय सुरक्षा नीतिका आधारमा सुरक्षा विषयलाई सबल तुल्याउने कुनै पनि कार्यक्रम बजेटमा नआएको गुनासो गरे ।

    रावलले सीमा समस्याको सम्बन्धमा बजेटले बेवास्ता गरेको समेत बताए । ‘नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका अतिक्रमित भूभागमा सडकलगायत पूर्वाधार निर्माण र स्थानीय जनताका लागि सेवा सुविधाका कार्यक्रम बजेटमा नआउनु विडम्बना नै मान्नुपर्छ,’ उनले भने ।

    बजेटमा चकलेटको भन्सार घटाउने तर मलको भन्सार बढाउने कार्य समाजवादउन्मुख नीतिको विरुद्धमा रहेको सांसद रावलले बताए । राज्यको लोककल्याणकारी भूमिका बढाउने र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने बजेटमा उल्लेख भएपनि बजेट त्यसरी नआएको उनले बताए ।

    कोरोना महामारीका बेला अघि सारिएका कार्यक्रमहरु स्वागतयोग्य भए पनि परीक्षणका लागि जनशक्ति र साधनस्रोत धेरै जिल्लामा अत्यन्तै कम भएकोमा सांसद रावलले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ‘अहिले नै कतिपय जिल्लामा कोरोना संक्रमणको परीक्षण बन्द भएको छ भने कतिपय ठाउँमा सुस्त छ । यसतर्फ विशेष ध्यान दिनुपर्छ । यस प्रसङ्गमा सेनालाई परिचालन गर्दा विपत् व्यवस्थापन ऐनअन्तर्गत परिचालन गरिएको हो कि होइन भन्ने कुरा स्पष्ट हुन आवश्यक छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०९:००:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend