आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कमिसनको चक्कर! स्वास्थ्यमन्त्रीकै निर्देशनमा विश्वसनियता नभएको आरडिटी किट किन्ने निर्णय

कमिसनको चक्कर! स्वास्थ्यमन्त्रीकै निर्देशनमा विश्वसनियता नभएको आरडिटी किट किन्ने निर्णय

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 11.2K
    SHARES

  • कमिसनको चक्कर! स्वास्थ्यमन्त्रीकै निर्देशनमा विश्वसनियता नभएको आरडिटी किट किन्ने निर्णय

    काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै निर्देशनमा आरडिटी किट किन्ने निर्णय गरेको छ। जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै स्वास्थ्यमन्त्रालयले आरडिटी किट किन्ने निर्णय गरेको हो। स्वास्थ्य अनुसन्धान निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले लामो समय अध्ययन गरी आरडिटी प्रयोग गर्न नमिल्ने रिपोर्ट बुझाएको छ। तर, स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्ट लुकाएर धमाधम आरडिटी किट खरिद गरिरहेको पाइएको छ।

    परिषदले तीन साताअघि नै मन्त्रालयलाई कारोना भाइरसको संक्रमण पत्ता लगाउन आरडिटी किट प्रयोग गर्न नमिल्ने रिपोर्ट बुझाएको हो। परिषद्‍ले उक्त रिपोर्ट बुझाइसकेपछि पनि मन्त्रालयले थप एक लाख थान आरडिटी टेस्ट किट खरिद गरिसकेको छ भने थप तीन लाख किट किन्ने प्रक्रिया अगाडि बढाएको छ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतको उपस्थितिमा मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले किट खरिद गर्ने निर्णय गरेको हो। उक्त समितिमा मन्त्री ढकालले नै किट खरिदका लागि निर्देशन दिएको बताइएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०४:४०:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend