काठमाडौं–भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। भारतले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।
शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो।
सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यहाँ १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।