आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोटी र कैलालीको क्वारेन्टाइनमा दुई युवाको मृत्यु, कारण कोरोना!

डोटी र कैलालीको क्वारेन्टाइनमा दुई युवाको मृत्यु, कारण कोरोना!

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 5.8K
    SHARES

  • डोटी र कैलालीको क्वारेन्टाइनमा दुई युवाको मृत्यु, कारण कोरोना!

    काठमाडौं–डोटी र बैतडीमा क्वारेन्टिनमा बसेका दुई युवाको मृत्यु भएको छ। क्वारेन्टिनमा बस्दै आएका १९ र ३१ वर्षीय दुई युवकको मृत्यु भएको हो।

    डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको प्रहरीले जनाएको छ।

    उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए। ६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्क्वारेन्टिनमा बस्दै आएका उनको आइतबार बिहान ३ बजे मृत्यु भएको हो।

    मृतकको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा पठाइएको छ।

    भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको पनि मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

    शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए। मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने तयारी गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०४:२२:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend