आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तत्कालै लकडाउन खोल्न डरायो ओली सरकार !

तत्कालै लकडाउन खोल्न डरायो ओली सरकार !

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 7.2K
    SHARES

  • तत्कालै लकडाउन खोल्न डरायो ओली सरकार !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रुपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिस्तारै उद्योग व्यवसाय सञ्चालन गर्न दिने र लकडाउन तत्काल नै नहटाउने गरी मस्यौदा तयार पारेको छ ।

    सो मस्यौदामाथि शनिवार समन्वय समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ । मस्यौदामा उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, विकास निर्माण लगायतका काम क्रमशः चरणबद्ध रूपमा खुलाउँदै जाने प्रस्ताव गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समिति सचिव नारायणप्रसाद बिडारीले आर्थिक तथा औद्योगिक क्रियाकलाप बिस्तारै चरणबद्ध रूपमा सञ्चालन गर्नेबारे छलफल भएको र पुनः बैठक बसेर अन्तिम रूप दिने जानकारी दिएका छन् ।

    सचिव बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रहरूलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा समिति बैठकमा छलफल भएको जनाए । आजको राजधानी दैनिकमा समाचार छ ।

    समितिले औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी मस्यौदा तयार पारेको छ ।

    समिति बैठकले उक्त मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद्ले पारित गर्नेछ । यसअघि मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउनेसम्बन्धी कार्यविधि तय गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको थियो ।

    पछिल्लो समय लकडाउन लम्बिँदै गएपछि उद्योगी व्यवसायीले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन् । कतिपय ठाउँमा व्यवसायहरू एकलौटी रूपमा खोलिन थालेका छन् ।

    एकातर्फ उद्योगी व्यवसायी तथा श्रमजिवी वर्गले लकडाउन खुकुलो बनाउन दबाब दिँदै आएका छन् भने अर्कोतर्फ कोरोना भाइरसका संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ ।

    कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न सुझाव दिएको छ ।

    केन्द्रले अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक २ हप्तामा परिवर्तन गर्दै जाने गरी लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ । मुलुकभर कोरोना भाइरस संक्रमणको अवस्था हेरी त्यसलाई विभिन्न तहमा वर्गीकरण गरेर त्यसैअनुसार खुकुलो बनाउँदै जाने प्रस्ताव गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०३:४१:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend