आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना परीक्षण हुन नपाउँदै क्वारेन्टाइनमा बिहानै युवकको मृत्यु

कोरोना परीक्षण हुन नपाउँदै क्वारेन्टाइनमा बिहानै युवकको मृत्यु

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 8.5K
    SHARES

  • कोरोना परीक्षण हुन नपाउँदै क्वारेन्टाइनमा बिहानै युवकको मृत्यु

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण परीक्षणमा ढिलाइ गरिरहेको भनेर आलोचना भइरहेका बेला डोटीमा कोरोना परीक्षण हुन नपाउँदै एक व्यक्तिको क्वारेन्टाइनमा मृत्यु भएको छ ।

    डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको मुत्यु भएको छ ।

    भारतको लुधियानाबाट १९ गते डोटी पुगेका ती युवा २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका थिए ।

    आईतबार बिहानै करीब ३ बजेतिर ती युवकको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले बताए । उनी मुटुको रोगी भएको बताइएको छ । सो क्वारेन्टाइनमा ३ महिलासहित १० जना रहेका छन् ।

    मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् । ‘क्वारेन्टाइनमा रहेका १० जनाकै स्वाब संकलन गरी धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ,’ उनले भने । प्रमुख मलासीले रिपोर्ट नआएसम्म शव नउठाइने बताएका छन् ।

    घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताएका छन् । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०३:१७:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend