आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आरडीटीको चक्करमा नराम्ररी फस्यो सरकार, घर पठाएका ८७ जनामा कोरोना पुष्टि

आरडीटीको चक्करमा नराम्ररी फस्यो सरकार, घर पठाएका ८७ जनामा कोरोना पुष्टि

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 49.6K
    SHARES

  • आरडीटीको चक्करमा नराम्ररी फस्यो सरकार, घर पठाएका ८७ जनामा कोरोना पुष्टि

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण पहिचानका लागि आरडीटी किटलाई प्रयोग गर्न थाल्दादेखि नै आलोचना भइरहेको छ । तर सरकारले जबरजस्ती आरडीटी किटलाई प्रयोग गर्दै गएको छ ।

    आरडीटी किटको चक्करमा अब सरकार नराम्ररी फसेको देखिएको छ । आरडीटी नेगेटिभ आएर घर पठाइएका व्यक्तिको मृत्यु भइरहेको छ भने दैलेख जिल्लामा गाउँभरि कोरोना फैलिएको आशंका गरिएको छ ।

    भारतबाट घर फर्किएका व्यक्ति बढ्दै गएपछि दैलेखको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १० दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई आरडीटी गरेर घर पठाउने निर्णय गरेपछि नारायण नगरपालिकाले नारायण क्याम्पस र माविको क्वारेन्टाइनमा रहेकालाई आरडीटी गर्दै नेगेटिभ आएपछि ८२२ जनालाई घर पठाको थियो ।

    तर घर पठाइएकामध्ये केहीको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकामा शुक्रवार एकैपटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आरडीटी नेगेटिभ आएर घर पठाइएका ८७ जनाको नाम समेत रहेको स्रोतले जनाएको छ ।

    आरडीटीको भर पर्दा १–२ जनामा होइन, ८७ जनामा गलत रिपोर्ट आउँदा अहिले दैलेखमा त्रास फैलिएको छ । आरडीटी नेगेटिभ आएर घर गएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ, सबै व्यक्ति गाउँघरमा घुलमिल भइसकेका जनाइएको छ । घर गएका व्यक्तिको खोजी भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

    संक्रमित नै धेरै भएपछि आइसोलेसन नाम दिइएपनि गाउँकै क्वारेन्टाइन स्थलमा राखिएको छ । मेयर रत्नबहादुर खड्काले संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको र केहीलाई डाँडागाउँको प्राविमा राखिएको बताए ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेर घर पठाएको तर पीसीआर पोजेटिभ आएको बताए । ओली सरकारले आरडीटी गरेर घर पठाउन देशभर निर्देशन दिएको थियो । क्वारेन्टाइन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुनसक्ने उनको अनुमान छ ।

    आरडीटी गरेर घर पठाएका धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिएको पाइएपछि ओली सरकार आरडीटीको चक्करमा कसरी फसेको छ भन्ने पुष्टि भएको छ । यसअघि सुर्खेत र डोल्पामा आरडीटी नेगेटिभ आएर घर पठाएका व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०२:३३:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend