काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण फैलिएर भयावह स्थिति उत्पन्न हुँदै गएको देखिएको छ ।
आईतबार बिहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्याङजा जिल्लाका १४, गोरखाका १०, बागलुङका १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जनामा कोरोना संक्रमण फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
बागलुङमा थप १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष रहेका छन् । संक्रमितमध्ये १ जनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले बताए । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप १ जना संक्रमित फेला परेका छन् ।
गोरखामा समेत एकैदिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका १७ वर्षीय युवकमा समेत कोरोना भाइरस पुष्टि भएको जनाइएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
नयाँ संक्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भएर घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।