आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हैसियत घटेपछि सांसद गगन थापामा आक्रोशयुक्त चिन्ता !

हैसियत घटेपछि सांसद गगन थापामा आक्रोशयुक्त चिन्ता !

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 7.0K
    SHARES

  • हैसियत घटेपछि सांसद गगन थापामा आक्रोशयुक्त चिन्ता !

    काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका चर्चित नेताभित्र पर्छन् सांसद गगनकुमार थापा । तर उनले शनिवारको संसद बैठकमा गम्भीर चिन्ता व्यक्त गरे ।

    संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको आक्रोशयुक्त चिन्ता सांसद थापाले व्यक्त गरेका छन् ।

    स्थानीय पूर्वाधार विकास कोषका नाममा योजना छनोट गर्ने गरी सांसदले बजेट लिने अभ्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको सांसद थापाले बताए ।

    प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले चिन्तित हुँदै भने, ‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरूले वडाध्यक्ष जस्तो पैसा लिन थाल्यौं । स्थिति पहिलाको भन्दा बिग्रियो । हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ ।’

    सांसद थापाले सांसद विकास कोष बन्द गर्नुुपर्ने बताए । थापा समेत निर्वाचित सांसद भएकाले कोषका नाममा उनलाई समेत पैसा आउँछ । तर यस कोषको जनस्तरमा तीब्र आलोचना र दुरुपयोग हुने गरिएकाले थापाले यसलाई बन्द गर्न खुलेरै माग गरे ।

    ‘साँच्चिकै बदल्न चाहन्छौं भने केही अभ्यास बदल्नुछ, कानुन बदल्नुछ र त्यसको प्रारम्भ वडाध्यक्ष भएर होइन, विधायक भएर गर्छौं । यो कोषलाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर यहीँबाट सुरू गर्नुपर्छ,’ जनआवाजको प्रतिनिधित्व गर्दै सांसद थापाले भने ।

    कांग्रेस सांसद थापाले बजेट निर्माणमा संसदको भूमिका समेत नदेखिएको गुनासो गरे । ‘पञ्चायतमा जसरी बजेट निर्माण गर्थ्यौं, बहुदलमा त्यसै गर्‍यौं । बहुदलमा जे गर्‍यौं गणतन्त्रमा त्यसकै पछि लाग्यौं । बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भूमिका के ? हाम्रो विचारको भूमिका के ?’ सांसद थापाले सरकारलाई प्रश्न गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०३:३८:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend