काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनसँगै देशभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएका थिए । तर सरकारले लकडाउन खुकुलो पार्ने रणनीति अन्तर्गत भोलि आईतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आईतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
विभागको सूचनामा व्यक्तिगत स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न देशभरका कार्यालयलाई निर्देशन दिइएको छ ।
सरकारले भोलिदेखि लकडाउन खुकुलो पार्ने गरी तयारी गरिरहेका समाचार प्रकाशन भए पनि आधिकारिक घोषणा भने भइसकेको छैन । देशभरका व्यापारीले लकडाउन खुकुलो पार्न सरकारमाथि दबाब भने दिइरहेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।