काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेका बेला सरकारले कामकारवाहीमा अझै सुधार आएको छैन । समयमै कोरोना जाँच नभएका कारण मृत्यु भएपछि मात्रै कोरोना पुष्टि हुनेक्रम अझै रोकिएको छैन ।
डोल्पा जिल्लामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएकोमा मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी जानकारी दिए ।
मृतक व्यक्ति जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेर गाउँपालिकाले आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताए । उनी लामो समयदेखि दमका रोगी रहेका थिए ।
घरमै रहेका बेला जेठ २० गते उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी जुम्लामा पीसीआर परीक्षणका लागि पठाइएकोमा शनिबार आएको रिपोर्टमा पोजेटिभ आएको डा. तिवारीले बताएका छन् ।
सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरेको भएपनि वडा र छिमेकी गाउँका धेरै संक्रमित भएको हुनसक्ने आशंका गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । मृतकमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै नाका र गाउँ सिल गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।