काठमाडौं–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाखवटा खोप तयार पारिसकिएको दाबी गरेका छन्।
अब यसको सुरक्षित र प्रभावकारी प्रयोगबारे वैज्ञानिकले प्रमाणित गरिदिन मात्र बाँकी रहेको उनको भनाइ छ।
नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफ्नो देशले कोरोना भाइरसविरुद्ध २० लाख खोप तयार पारिसकेको जानकारी दिए पनि यो कुन कम्पनीले उत्पादन गरेको तथा कहिलेदेखि प्रयोगमा आउँछ भन्नेबारे चाहिँ केही बताएनन्।
ट्रम्पको पत्रकार सम्मेलनपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले राष्ट्रपतिको भनाइबारे आफूलाई केही जानकारी नभएको र टिप्पणी गर्न नसक्ने प्रतिक्रया दिए।।
तर गत मंगलबार डाक्टर फौचीले एक चिकित्सा सम्मेलनमा आगामी वर्षसम्म लाखौं खोप तयार हुने आशा व्यक्त गरेका थिए।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी प्रशानले खोप बनाउन ५ कम्पनीलाई काममा लगाएको छ। यतिबेला अमेरिकाका धेरै कम्पनीले वैज्ञानिकले प्रमाणित गर्नुअघि नै ठूलो मात्रामा खोप बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। बीबीसी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।