आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाजुराको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, कारण कोरोना हुन सक्ने!

बाजुराको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, कारण कोरोना हुन सक्ने!

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 4.2K
    SHARES

  • बाजुराको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, कारण कोरोना हुन सक्ने!

    बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो ।

    हिजो साँझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिएका छन् ।

    मृतक बृद्धा २५ बर्षदेखी भारतमा बस्दै आएका थिए । यही जेठ १५ गते मात्र गाउँमा आएका हुन वडा अध्यक्ष रावतले भने । मृतकको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने प्रजिअ गैरेले बताए । उनको शवको व्यस्थापन नेपाली सेनाले गर्ने पनि प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०५:२५:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend