आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारको लापरर्वाहीले सुदुर पश्चिममा स्वाब संकलन बन्द, जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड

कम्युनिस्ट सरकारको लापरर्वाहीले सुदुर पश्चिममा स्वाब संकलन बन्द, जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 5.0K
    SHARES

  • कम्युनिस्ट सरकारको लापरर्वाहीले सुदुर पश्चिममा स्वाब संकलन बन्द, जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड

    काठमाडौं–प्रयोगशालाको क्षमताभन्दा पाँच गुणा बढी स्वाब संकलन भएपछि सुदूरपश्चिम प्रदेशमा पाँच दिनको लागि स्वाब संकलन कार्य बन्द गरिएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले एक हजार बढी स्वाब परीक्षण गर्न बाँकी रहेको भन्दै थप स्वाब संकलन नगर्न अनुरोध गरेको छ। ‘स्वाबहरू धेरै संकलन भयो। राख्ने ठाउँ पनि छैन। होल्डमा भएका स्वाब परीक्षण गर्न पाँच दिन लाग्ने भएकाले अहिलेलाई संकलन बन्द गर्यौं,’ निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले भने।

    धनगढीमा रहेको एउटा मात्र पिसिआर प्रयोगशालाले दैनिक २५० वटा नमूना परीक्षण गर्नसक्छ। तर अहिले प्रयोगशालामा १०८० वटा नमूना परीक्षणको लागि लाइनमा छन्।


    पछिल्लो समय सुदूरपश्चिममा भारतबाट ठूलो संख्यामा मानिसहरू आएकाले परीक्षणको चाप बढेको हो। सामाजिक विकास मन्त्रालयका अनुसार जेठयता मात्र प्रदेशमा ५० हजार बढी मानिस भारतबाट आएका छन्। जसमा ५ हजारको मात्र पिसिआर परीक्षण गरिएको छ।

    बाँकी क्वारेन्टिनमा रहेका मानिसको पिसिआर परीक्षण गरिएको छैन। धेरैलाई आरडिटी परीक्षण गरेर घर पठाउने तयारी गरिएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०५:१७:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend