आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मनिषा कोइराला परिवारसहित काठमाडौंको क्वारेन्टाइनमा, पीसीआर रिपोर्टमा के छ ?

मनिषा कोइराला परिवारसहित काठमाडौंको क्वारेन्टाइनमा, पीसीआर रिपोर्टमा के छ ?

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 5.6K
    SHARES

  • मनिषा कोइराला परिवारसहित काठमाडौंको क्वारेन्टाइनमा, पीसीआर रिपोर्टमा के छ ?

    काठमाडौं – नेपाली नक्साको समर्थनमा अभिव्यक्ति दिएपछि भारतीय मिडियाले आलोचना गरेकी अभिनेत्री मनिषा कोइराला काठमाडौं पुगेकी छन् ।

    परिवारसहित ३ दिनअघि मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री मनिषा कोइराला हाल राजधानी काठमाडौंको एक होटलको क्वारेन्टाइनमा बसेकी छन् ।

    कोइरालाले आफ्नो कोरोना टेस्ट पनि गराएकी छन् । उनीलगायत परिपारका सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

    विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर नगई अभिनेत्री उनी आफ्ना बुवाआमासँगै होटलमा बसेकी हुन् ।

    मनिषा मंगलबार मुम्बईबाट हवाईजहाजमा बनारस आएकी थिइन् । त्यसपछि गोरखपुर हुँदै गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी थिइन् । मनिषा बुवा, आमा र काकीसँग नेपाल आएकी हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि मनिषाले यसको स्वागत गरेकी थिइन् । त्यसपछि मनिषाको विरोधमा भारतीय मिडिया खनिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०३:४९:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend