काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार दिनभर वर्षा हुने अनुमान गरेको छ ।
निसर्ग आँधीका कारण शनिबार देशैभर दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो एकैछिन रोकिए पनि फेरि वर्षा सुरू हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । आईतबारदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ ।
मनसुन भित्रिने प्रणालीको विकास भइरहेको समेत महाशाखाले जनाएको छ । ५ वटा प्रणालीमध्ये केही विकास भइसकेका र केही भित्रिने क्रममा रहेकाले हप्ताको अन्तिमतिर मनसुन भित्रिने अनुमान गरिएको मौसमविद्ले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।