काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गण्डकी प्रदेशमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले शनिवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३/३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जानकारी दिएको छ । भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेका व्यक्तिमा संक्रमण देखिएको हो ।
तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राख्ने तयारी गरिएको नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईंले बताए । चापागाईंका अनुसार १७ दिनअघि नेपाल आएका ती संक्रमितको अवस्था सामान्य रहेको छ ।
बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले बताए । कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।