आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘भारतीय चेली’ काण्डले नेकपाभित्र घमासान, मात्रिका यादवले दिए नेकपाकै सांसदलाई चेतावनी

‘भारतीय चेली’ काण्डले नेकपाभित्र घमासान, मात्रिका यादवले दिए नेकपाकै सांसदलाई चेतावनी

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 28.8K
    SHARES

  • ‘भारतीय चेली’ काण्डले नेकपाभित्र घमासान, मात्रिका यादवले दिए नेकपाकै सांसदलाई चेतावनी

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले संसद बैठकमा सांसद सरिता गिरीलाई ‘भारतीय चेली’ भनेकोबारे आपत्ति प्रकट गरेका छन् ।

    कसैको विचारमा विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिनु नस्लीय अभिव्यक्ति भएको र मण्डले राष्ट्रवादको पोषण गरेको नेता यादवको आरोप छ ।

    विवाह गरेर आएपनि नेपालको नागरिकता प्राप्त व्यक्तिलाई अरु नागरिकसरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको यादवले तर्क गरे । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै नेता यादवले संकुचित राष्ट्रवादको समस्या विश्वभर फैलिएको र नेपाल जस्तो सानो मुलुकमा संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुने नेता जनाएका छन् ।

    नेपालले अतिक्रमित भूमि सहितको नक्सा सार्वजनिक गरेको विषयमा सांसद सरिता गिरीले दिएको अभिव्यक्तिबारे नेकपा सांसद गंगा चौधरी सद्गौवाले भारतीय चेलीको संज्ञा दिएकी थिइन् ।

    जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद चौधरीले भनेकी थिइन्, ‘अनुदानसँग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरूको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्‍यो रे ! आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् अनि रअका एजेण्टहरू १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

    नेकपा सांसद चौधरीको यो भनाइप्रति आपत्ति जनाउँदै नेकपाकै पूर्वमन्त्री यादवले अरुको भेष, भाषा र कला संस्कृतिको सम्मान नगरी राष्ट्रियता बलियो पार्न नसकिने टिप्पणी गरेका छन् । नेपालको विविधतालाई नारामा मात्र सीमित गर्ने प्रयत्नलाई जडैदेखि उखाल्न आवश्यकता रहेको समेत यादवको सुझाव छ ।

    ‘नेपालको विविधतालाई नारामा मात्र सीमित गर्ने प्रयत्नलाई जडैदेखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको छ । एकअर्काको भेषभाषा र कला–संस्कृतिको सम्मान नगरी राष्ट्रिय एकता बलियो पार्न सकिन्न ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०१:४७:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend