आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यूएनको सुरक्षा परिषद्का लागि भारतको दौड सुरू

यूएनको सुरक्षा परिषद्का लागि भारतको दौड सुरू

  • मिडिया डबली
  • शनिवार, जेठ २४ २०७७

  • 4.8K
    SHARES

  • यूएनको सुरक्षा परिषद्का लागि भारतको दौड सुरू

    काठमाडौं – भारतले संयुक्त राष्ट्रसंघ (यूएन) सुरक्षा परिषद्मा आफ्नो सीट सुरक्षित गर्न शुक्रवारदेखि दौडधुप अभियान थालेको छ ।

    विश्वको वातावरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गर्दै भारतले सो अभियान सुरू गरेको हो ।

    सुरक्षा परिषद्को पाँच अस्थायी सीटको लागि १७ जुनमा चुनाव हुँदैछ । यदि भारत निर्वाचित भयो भने यो उसको आठौं कार्यकाल हुनेछ, जुन २०२१ जनवरीदेखि २ वर्षको लागि सुरू हुनेछ ।

    सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारत विगत १० वर्षदेखि निर्वाचित हुँदै आइरहेको छ । भारतीय विदेशमन्त्री जयशंकरका अनुसार भारत यसपालि निर्वाचित भए विभिन्न ४ वटा वैश्विक समस्याको समाधानको लागि प्रयत्न गर्नेछ ।

    पहिलो, बढ्दो तनाव बहन गर्न अन्तर्राष्ट्रिय शासनको सामान्य प्रक्रियालाई बढी दबाबको सामना गर्न सक्षम बनाउने । दोस्रो – परम्परागत र गैरपरम्परागत सुरक्षा चुनौतीहरू अनियन्त्रित रुपमा बढ्दैछन् । आतंकवाद त्यस्ता समस्याको ठूलो उदाहरण हो । त्यसको निराकरण गर्ने ।

    तेस्रो – वैश्विक संस्थाहरूलाई थप सक्षम बनाउने । चौथो – कोरोना भाइरस महामारी र यसले निम्त्याउने आर्थिक क्षतिको भरपाई गर्ने ।

    जयशंकरले यस असाधारण अवस्थामा भारतले सकारात्मक विश्वव्यापी भूमिका खेल्न सक्ने बताएका छन् । सम्मान, सम्वाद, वार्तालाप, सहयोग र शान्तिले समृद्धि आउने प्रधानमन्त्री नरेन्द्र मोदीको दर्शन अनुसार भारतले कार्य गर्ने उनले जनाएका छन् ।

    सुरक्षा परिषद्मा यसअवधिमा भारतको समग्र उद्देश्य एनओआरएमएस (एउटा सुधारिएको बहुपक्षीय प्रणालीका लागि नयाँ ओरिएन्टेसन) हुने पनि उनले प्रस्ट पारेका छन् । भारतले विश्वव्यापी विकास, जलवायु परिवर्तन र गरीबी उन्मूलनमा पनि भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २४ २०७७०१:२९:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend