आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हिन्दु धार्मिक विधि अनुसार कोरोनाले मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्न खुला

हिन्दु धार्मिक विधि अनुसार कोरोनाले मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्न खुला

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 7.4K
    SHARES

  • हिन्दु धार्मिक विधि अनुसार कोरोनाले मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्न खुला

    काठमाडौं – कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि सम्बन्धित व्यक्तिको धार्मिक विधिपूर्वक गर्न सकिने विकल्प खुला गरिएपछि हिन्दु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न पाइने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोरोनाका कारण मृत्यु भएका बिरामीको शव व्यवस्थान सम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि, पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने उल्लेख गरेको छ ।

    अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र १ मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरेर संशोधन गरिएको छ ।

    कार्यविधिमा मृतकले प्रयोग गरेका कपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने समेत उल्लेख गरिएको छ ।

    मृतकको शरीरसँगै सिधै सम्पर्कमा आउने कार्यजस्तै मुसार्ने, अँगालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य भने गर्न नहुने, अन्त्येष्टिको कार्य सकेपछि सबै व्यक्तिले हात साबुनपानीले राम्ररी धुुनुपर्नेजस्ता कुरा अपनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

    बेवारिसे वा कसैबाट दाबी नभएका र कोरोनाबाट मृत्यु भएको शंका लागेमा जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने उल्लेख कार्यविधिमा गरिएको छ ।

    संक्रमित भई मृत्यु भएको अवस्थामा शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीले सर्जिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, सकेसम्म मृतकको शरीर शवबाहनमा नै ल्याउनुपर्ने र शवबाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन बोक्ने व्यक्तिले मृतकको शरीर नछुने गरी बनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

    अन्त्येष्टि गर्दा व्यक्तिगत सुरक्षा कवच, मास्क, स्यानिटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०३:५९:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend