आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पर्सीबाट यात्रुबस खोल्ने सरकारको तयारी, लकडाउन खुकुलो !

पर्सीबाट यात्रुबस खोल्ने सरकारको तयारी, लकडाउन खुकुलो !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 25.2K
    SHARES

  • पर्सीबाट यात्रुबस खोल्ने सरकारको तयारी, लकडाउन खुकुलो !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार पर्सी जेठ २५ गतेदेखि यात्रुवाहक बस लगायतका सवारीसाधन सञ्चालन गर्ने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) ले मस्यौदा तयार पारेको छ ।

    लकडाउन खुकुलो पार्न व्यावसायिक क्षेत्रबाट दबाब परेपछि मन्त्रिपरिषद् बैठकले सीएमसीलाई मोडालिटी बनाउन निर्देशन दिएको थियो ।

    सीएमसीले तयार पारेको मोडालिटी अनुसार पर्सीदेखि पहिलो चरणमा जिल्लाभित्रका सीमित क्षेत्रमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न दिने मस्यौदा तयार भएको छ ।

    मस्यौदा मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि लागू हुनेछ । सीएमसीले तयार पारेको मस्यौदामा मन्त्रिपरिषद् बैठकमा थप छलफल हुने जनाइएको छ ।

    सीएमसीको मस्यौदा अनुसार जेठ २५ गतेदेखि लकडाउनलाई सामान्य खुकुलो बनाइने छ । पहिलो चरणमा पसल तथा डिपार्टमेन्टल स्टोर, कपाल काट्ने सैलुन, जिल्लाभित्र छोटो दूरीका यात्रुवाहक सवारीसाधन, सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा कामसँग सम्बन्धित सवारीसाधन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिक जेठ २५ गतेबाटै खोल्नुपर्ने प्रस्ताव गरिएको छ ।

    लकडाउन खुकुलो पार्ने प्रस्ताव कोरोनाको संक्रमण धेरै भएका जिल्लामा भने लागू हुने छैनन् । १ सयभन्दा कम सक्रिय संक्रमण भएका जिल्लालाई प्राथमिकताका आधारमा छुट्याएर तोकिएका क्षेत्रहरू खुला गर्न सकिने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

    आगामी ७० दिनभित्र जनजीवन सहज बनाउने विस्तृत खाका तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी भइरहेको छ ।

    लकडाउन खुकुलो पार्ने मोडालिटी अनुसार पहिलो चरणको खुकुलो जेठ ३२ गतेबाट २ हप्तासम्म लागू गरिनेछ । २ सातासम्म कृषि, दैनिक उपभोग्य सामग्री, अत्यावश्यक सवारीसाधन, आन्तरिक हवाई उडानहरू खोलिने छन् । हवाई उडानमा ४० प्रतिशत यात्रु मात्रै रहने समेत मापदण्ड बनाइएको छ । खुकुलो गरिएका क्षेत्रमा सामाजिक दूरी पूर्ण रुपमा कायम गर्नुपर्ने जनाइएको छ ।

    पहिलो चरणपछि दोस्रो चरण पनि थप २ हप्तासम्म रहने छ । दोस्रो चरणमा घरेलु तथा साना उद्योग पुरै खोल्ने, अन्य ठूला उद्योग आंशिक खोल्ने, विद्यालय आंशिक खोल्ने, सेवा र मनोरञ्जनका क्षेत्र आंशिक रुपमा खोल्ने र निर्माण पुरै खोल्न प्रस्ताव गरिएको छ ।

    तेस्रो चरणको मोडालिटी अनुसार कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारीसाधन सञ्चालन पुरै खोल्न सकिने उल्लेख छ । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लगाउन सकिने मापदण्ड समेत बनाइएको छ ।

    चौथो तहमा माथि आंशिक खुलाइएका र बन्द गरिएका सबै क्षेत्रहरू पूर्ण रुपमा खोल्ने प्रस्ताव सीएमसीले गरेको छ । जसमा विद्यालय, कलेज समेत रहेका छन् ।

    पाँचौ तहमा सबै क्षेत्र खुला गरिसकेपछि पनि नियमित अनुगमन, सुरक्षाका उपायहरूको प्रत्याभूति लगायतका कामहरु भइरहने स्रोतले जनाएको छ । यसरी ७० दिनभित्र लकडाउनलाई खुलाएर सहज वातावरण बनाइने छ । तर बीचमा कोरोना संक्रमणले महामारीको रुप लिए सरकारी मोडालिटी प्रभावित हुनसक्ने समेत जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०२:५९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend