आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारले कोरोनाको नाममा ब्रम्हलुट मच्यायोः कांग्रेस नेता खतिवडा

कम्युनिस्ट सरकारले कोरोनाको नाममा ब्रम्हलुट मच्यायोः कांग्रेस नेता खतिवडा

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 10.3K
    SHARES

  • कम्युनिस्ट सरकारले कोरोनाको नाममा ब्रम्हलुट मच्यायोः कांग्रेस नेता खतिवडा

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उद्धार तथा राहत विरतणका नाममा दश अर्ब खर्च भएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

    मिडिया डबलीसँग बुधबार कुरा गर्दै खतिवडाले सरकारले कोरोनाको नाममा ब्रम्हलुट मच्चाएको बताए । ‘जनताले खान नपाएर भोकै मर्नु परेको छ । गरिवका चुल्होमा खानेकुरा पाक्न छाडेका छन्’, उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रण गरेको भनिएको छ । तर, दिनदिनै कोरोना संक्रमितको संख्या बढेको छ । ९ जनाको मृत्यु भइसकेको छ । आखिर सरकारले दश अर्ब रुपियाँ कहाँ खर्च गर्‍यो छ रु’

    क्वारेन्टाइनका नाममा भैँसी गोठमा लगेर कोरोनाका बिरामीलाई राखिएको टिप्पणी गर्दै खतिवडाले भने, ‘क्वारेन्टाइनको अवस्था बेहाल छ । कोरोनाका बिरामीहरू भैँसी गोठमा बस्न बाध्य छन् । उपचारका नाममा यति धेरै खर्च कसरी भयो रु हिसाव चाहिन्छ ।’

    कांग्रेसका युवा नेता खतिवडाले सरकारले खर्च गरेको एक–एक विवरण सार्वजनिक गर्नुपर्ने बताए । उनले कांग्रेसले यो खर्चका बारेमा संसदमा समेत जवाफ माग्ने चेतावनी दिएका छन् ।

    झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, उद्धार र उपचार तथा राहत वितरणका नाममा ७२ दिनमा झण्डै दश अर्ब रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेपछि खतिवडाले आश्चर्य व्यक्त गरेका हुन् ।

    कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा नगरपालिका–गाउँपालिकाले गरी नौ अर्ब ८७ करोड रुपियाँ खर्च गरेको सरकारले जनाएको छ ।

    कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड खर्च भएको छ । प्रदेशहरूबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपियाँ खर्च भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०५:३४:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend