आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

किन खोजियो ज्ञानेन्द्रका लागि सोझो अङ्गरक्षक?

किन खोजियो ज्ञानेन्द्रका लागि सोझो अङ्गरक्षक?

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 11.8K
    SHARES

  • किन खोजियो ज्ञानेन्द्रका लागि सोझो अङ्गरक्षक?

    काठमाडौं–२०४३/४४ सालताका अधिराजकुमार धीरेन्द्रको काण्डमा एडिसी कर्णेल भरत गुरुङको सन्दिग्ध भूमिकाबाट शिक्षा लिदै दरबारले माहिला सरकार ज्ञानेन्द्र शाहको लागि सोझो अङ्गरक्षकको खोजी गर्यो । यसक्रममा स्याङ्जा निवासी २३ बेसिकको अधिकृत क्याडेट तालिममा OLQ (officers like quality ) नभएको भनी फेल भएका साहजन खाँण छ्नौट हुन पुगे, विभिन्न तालिमको दौरान लिखित परीक्षाहरुमा १०० पूर्णाँङ्कमा १० भन्दा बढी ल्याउनै सकेनन् ।

    भनिन्छ उनले परीक्षाको अघिल्लो रात १२ बजेसम्म पढे १२ नम्बर , १ बजेसम्म पढे १ नम्बर,२ बजेसम्म पढे २ नम्बर ल्याउँथे । ADC भएकै बेला बिदेश staff college तालिममा जान JSC ( junior staff course ) को निम्ति नगरकोट जाँदा intrance exam मा ७ नम्बर मात्र ल्याएर फेल भएकोले तत्कालीन हाकिम प्रज्वल समशेरले ज्ञानेन्द्र रिसाउँदा रिसाउँदै पनि तुरुन्त गुन्टा रोल गरेर निर्मल निवास फिर्ता गरेका थिए । कुनै तालिम नगरेर पनि pramotion हुन नरोकिने शाही सुविधा पाएका उनी वीचैमा गणतन्त्र आएकोले महासेनानीमै अवकाश हुन बाध्य भए,नत्र अहिले ३ तारे जर्नेल भएर प्रमुख सैनिक सचिव हुने पक्का थियो ।

    शाही ADC भए पनि ब्यापारी राजाले केही दया नगरेको कारण करिब १५ बर्ष सेनाको परिवार आवासमा बिताउन बाध्य भए । दरवारमा सरुवा भएपछि कुनै पनि UN Mission मा सहभागी बन्ने मौका नपाएको कारण उपत्यका मा १ इन्च जमिन पनि जोड्न सकेनन् । मुस्किलले एउटा छोरालाई सेनाको अधिकृत बनाउन सफल भई अब स्याङ्जाको पुर्खौली जमिन बेचेर भक्तपुरतिर जग्गा किन्ने तरखर मा छन् भने आफू सेनाको पेन्सन पनि खाँदै सैनिक कल्याणकारीमा करारमा सेवा गर्दैछन् । जनआस्था साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०४:५८:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend