आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले थप १ जनाको मृत्यु, आरडीटी ‘नेगेटिभ’पछि घर गएर निधन, मरेपछि पीसीआरमा पोजेटिभ !

कोरोनाले थप १ जनाको मृत्यु, आरडीटी ‘नेगेटिभ’पछि घर गएर निधन, मरेपछि पीसीआरमा पोजेटिभ !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 13.3K
    SHARES

  • कोरोनाले थप १ जनाको मृत्यु, आरडीटी ‘नेगेटिभ’पछि घर गएर निधन, मरेपछि पीसीआरमा पोजेटिभ !

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।

    नेपालमा थप १ जनाको मृत्यु भई मृतकको संख्या ११ पुगेको छ । बुधवार राति मृत्यु भएका सुर्खेतका १ जना युवामा कोरोना पोजेटिभ देखिएको छ ।

    जिल्लाको पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका युवा १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको थियो ।

    भारतबाट आएका २० वर्षीय युवा त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेका उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

    बिहीवार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले बताएका छन् ।

    यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्णालीमा मृतक २ जना पुगेका छन् । यसअघि दैलेखमा १ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०२:४९:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend