आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उपलब्धि विना कोरोनाका नाममा सरकारले गुपचुप कहाँ सक्यो अर्बाैं बजेट ? पारदर्शिता खै ?

उपलब्धि विना कोरोनाका नाममा सरकारले गुपचुप कहाँ सक्यो अर्बाैं बजेट ? पारदर्शिता खै ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ २३ २०७७

  • 11.4K
    SHARES

  • उपलब्धि विना कोरोनाका नाममा सरकारले गुपचुप कहाँ सक्यो अर्बाैं बजेट ? पारदर्शिता खै ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना रोकथामका लागि भन्दै ४ महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च गरेअनुसार कोरोना नियन्त्रणमा आउन सकेको छैन ।

    नियन्त्रणका नाममा त्यति धेरै खर्च भए पनि कोरोना संक्रमण दर उल्टो वृद्धि हुँदै जान थालेपछि सरकारी खर्चको पारदर्शितामा प्रश्न चिन्ह सिर्जना भएको छ ।

    सरकारले क्वारेन्टाइन निर्माणदेखि परीक्षण, औषधि तथा राहतका लागि सो रकम खर्च भएको बताएको छ तर सरकारद्वारा निर्माण गरिएको अधिकांश क्वारेन्टाइनको अवस्था दयनीय छ । न्यूनतम मापदण्डसमेत पूरा हुन नसकेपछि क्वारेन्टाइनबाटै संक्रमण बढ्न सक्ने खतरासमेत देखिएको छ ।

    हालसम्म कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय सरकारले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन् । तर सरकारले खर्चको फेहरित विवरण भने दिन सकेको छैन ।

    क्वारेन्टाइनमा करोडांै रुपैयाँ खर्च भएको बताइए पनि धेरै ठाउँमा क्वारेन्टाइन अस्तव्यस्त छन् भने नेपाल भित्रिने सीमानाकामा कोरोना परीक्षण नै भएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ फितलो भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    सरकारी चिकित्सकको संख्या १ हजार ३ सय रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार २६ हजार ३ सय ४६ चिकित्सकहरू दर्ता भएका छन् । ती चिकित्सकलाई पनि सरकारले प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा जोखिम बढेको हो ।

    सरकारले बनाएका क्वारेन्टाइनहरू अस्तव्यस्त हुँदा कोरोना भाइरस संक्रमणको स्रोत नै क्वारेन्टाइन बन्दै गएको पाइएको छ । क्वारेन्टाइन भद्रगोल हुँदा संक्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोरोना रोकथाममा सरकारको तयारी फितलो रहेको बताए । उनले भने, ‘अहिले पनि अधिकांश अस्पताल भेन्टिलेटरविहीन छन् । कोरोना संक्रमितको संख्या बढ्दै छ । तर सरकार अस्पताल पूर्वाधार विकासमा लागेको देखिएन ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ६१ हजार १ सय ४५ वटा क्वारेन्टाइन छन् । जबकि क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ६१ हजार २ सय ६२ पुगेको छ ।

    क्वारेन्टाइनमा बस्नेहरूका लागि पिउने पानीको समेत उपयुक्त व्यवस्था छैन । खाना पनि घरबाट ल्याएर आउनुपर्ने बाध्यता छ । क्वारेन्टाइनमा बस्दै आएकाहरूले घरबाटै बस्ने सामान मगाउनुपर्ने र एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ ।

    अधिकांश भारतबाट आएका नागरिकहरू क्वारेन्टाइनमा बस्दै आएका छन् । क्वारेन्टाइनमा बस्दै आएकाहरू अधिकांशको कोरोना परीक्षणसमेत नगरिएको पाइएको छ । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जबकि हालसम्म ८४ हजार १ सय ३४ जनामा आरटी पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

    कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनुपर्ने उल्लेख छ । गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि अलग्गै क्वारेन्टाइनको व्यवस्था गरिनुपर्ने समेटिएको छ । सम्भव भएसम्म शौचालय भएको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा तीन जनाको दरले ६ जनाका लागि साझा शौचालय, प्रतिसय जनाका लागि एक मेडिकल अधिकृत, क्वारेन्टाइनमा २४ घण्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

    क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २३ २०७७०२:४१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend