काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी राखेको लकडाउन खुकुलो पार्ने मनसाय मन्त्रिपरिषद् बैठकमा प्रकट भएको छ ।
लकडाउन खुकुलो पार्ने मोडालिटीको खाका २ दिनभित्र तयार गरेर बैठकमा पेश गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी सहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको हो । समितिको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरिरहेका छन् ।
केही दिनयता व्यवसायीले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै आएका छन् । माग पूरा नभए लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि सरकारमाथि दबाब बढेको छ ।
सरकारले चैत ११ गते एक हप्ताका लागि सुरू गरेको लकडाउन थप गर्दै ७० दिनभन्दा बढी पुर्याइसकेको छ । कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनदिनै बढिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।