आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विद्यालय सञ्चालनको खाकाबारे छलफल, सरकारले के गर्ला निर्णय ?

विद्यालय सञ्चालनको खाकाबारे छलफल, सरकारले के गर्ला निर्णय ?

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 8.0K
    SHARES

  • विद्यालय सञ्चालनको खाकाबारे छलफल, सरकारले के गर्ला निर्णय ?
    फाइल तस्बिर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउन सुरू भएर विद्यालय समेत बन्द छन् । तर अब विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न पाउनुपर्ने माग निजी स्कूल सञ्चालकले गरिरहेका छन् ।

    यसै विषयमा बिहीबार कोरोना भाइरस संक्रमण रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेका छन् ।

    छलफलमा तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव रहेको छ । छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले वैकल्पिक उपाय अपनाएर पढाईलाई निरन्तरता दिएपनि विद्यालय खोल्न नसकिने जनाएका छन् ।

    बैठकका सहभागीले लकडाउनले शिक्षा क्षेत्रमा ठूलो असर पारेको भए पनि तत्कालै सञ्चालनमा जान नसकिने सुझाव दिएका छन् । छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय खोल्न र परीक्षा सञ्चालन गर्न हतार गर्न नहुने सुझाव दिएको बताएका छन् । विद्यालय भवनलाई नै क्वारेन्टाइन बनाइएकाले पनि विद्यालय सञ्चालन सम्भव नभएको उनले बताएका छन् ।

    छलफलमा सहभागीले लकडाउनका बेला विद्यार्थीलाई शैक्षिक गतिविधिमा व्यस्त राख्नुपर्नेमा भने जोड दिएका छन् । विद्यालय खोल्न सकिने वातावरण नभएकाले अहिलेको विकल्प दूरशिक्षा नै भएको सहभागीको निष्कर्ष छ ।

    एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कुनै न कुनै तरिकाले पढाइलाई निरन्तरता दिनुपर्ने बताए । विद्यार्थीलाई लामो समयसम्म पढाइबाट अलग राख्न नहुनेमा उनको सुझाव छ ।

    शिक्षा मन्त्रालयले असारदेखि दूर शिक्षा सञ्चालन गर्न ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका’ जारी गरिसकेको छ । निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच बाहिर रहेका, रेडियो–एफएममा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर–ल्यापटप भएको तर इन्टरनेट नभएका र इन्टरनेटसहितको कम्प्युटरमा पहुँच भएका विद्यार्थीको समूहलाई कसरी पढाउने व्यवस्था गरिएको छ ।

    निजी विद्यालय सञ्चालकहरूले सामाजिक दूरी कायम राखेर जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गरे पनि त्यसबारे बैठकमा कुनै निष्कर्ष निस्किएन । शिक्षा मन्त्रालयले अर्काे व्यवस्था नभएसम्मका लागि विद्यालय सञ्चालन नगर्न निर्देशन दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २२ २०७७०३:१६:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend